१० चैत । बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवन नजिक भएको आक्रमणमापरि प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको छ ।
कारमा आएका आक्रमणकारीले वेष्टमिनिस्टर ब्रिजमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेका प्रहरी अधिकारीलाई चक्कले आक्रमण गरेको सरकारी अधिकारीले बताएका छन् । त्यसपछि प्रहरीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए ।