काठमाडौ १० चैत । स्थानीय तह निर्वाचनका लागि ७५ हजार जना म्यादी प्रहरीमा भर्ना लिइने भएको छ । गृहमन्त्रालयले सवै तयारी पुरा गरिसकेकाले मन्त्रिपरिषद्ले स्वीकृत गर्नासाथ भर्ना आह्वान हुनेछ ।
दोस्रो संविधानसभा निर्वाचनमा म्यादी प्रहरी दर्खास्ता हाल्न ५० बर्षको उमेरहद तोकिएकोमा यसपाली बढाएर ५३ बर्ष पुर्याएको छ । कान्तिपुरमा खबर छ । अघिल्लो निर्वाचनमा अनुभव बटुलेकालाई समेट्न यस्तो गरिएको हो ।
पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्नेछन् । निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ । छनोट प्रक्रियामा १८ वर्ष पुगेर ५३ वर्ष ननाघेका नेपालीले सहभागी हुन पाउनेछन् ।