Indrenionline.com

अब राष्ट्रिय पार्टी बन्न समानुपातिकमा ३ प्रतिशत मत

काठमाडौं, ९ चैत । अब कुनै पनि पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउन त्यो दलले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत र राष्ट्रिय पार्टीको मान्यता पाउन कम्तिमा एक सिट प्रत्यक्ष सांसद पनि जित्नुपर्ने छ ।

राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले आज राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको प्रतिवेदनमा यस्तो उल्लेख छ । बुधबार बसेको बैठकले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित समितिमा पठाएको हो ।

कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिको २७ औं बैठकले यो निर्णय गरेको हो । जसमा उपसमितिका नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका थिए ।