काठमाडौं, ९ चैत । संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल थाल्नुभएका अर्घाखाचीका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्नुभएको छ ।
अर्घाखाची जिल्लाको ठूलापोखरा९२ रोहोटेपानी निवासी पौडेलले भगवती नि।मा।वि। ठुलापोखरा९२, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसक्नुभएको छ । शारिरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत हुनुहुन्छ । १२ किलो तौल भएका पौडेल ६३ बर्ष पुग्नुभएको छ ।