काठमाडौं ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजबीच भेट गर्नुभएको छ ।
प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीच ७० बर्षदेखि नजिकको सम्बन्ध रहेको बताउँदै नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा गर्नु भयो ।
भेटमा यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजले नेपालसँग अमेरिकाको नजिकको सम्वन्ध रहेको बताउँदै अमेरिकी सेनाको समेत आत्मीय सम्वन्ध रहेको बताउनु भयो । उहाँले नेपाली सेनासँगको सहकार्य वारे जानकारी दिँदै नेपालको स्टाफ कलेजमा अमेरिकन सेनाले पढ्ने गरेको तथा नेपालवाट माउण्टेन वार फेर सिक्न पाएकोमा धन्यवाद दिनु भयो ।