चैत ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब चुनाब हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गर्दै अवसरवादीहरुले मात्रै चुनाव हुन्न कि भनेर आशंका पाल्ने वताउनु भयो ।
प्रधानमन्त्रीले मधेश र जनजातिका मुद्धा सम्बोधन गर्न सरकार गम्भीररुपमा लागिरहेको भन्दै सिमाकंनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुंगो लगाउने गरी अहिले अन्य बिषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको वताउनु भयो ।
उहाँले आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझै सुमधुर बनाउने बताउनु भयो । प्रधानमन्त्रीले भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्वपूर्ण छलफलहरु हुने जानकारी दिनु भयो ।