काठमाडौं, ८चैत । डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्चले प्रहरी नियमावलीको नियम ४१ विपरित सरकारले निर्णय गरेको ठहर गर्दै खारेज गरेको हो ।
सर्वोच्चले फैसलामा अगामी दिनमा मर्यादालाई ख्याल गरेर मात्र नियुक्ति गर्न परमादेश दिएको छ।
प्रधानन्यायधीश सुशीला कार्कीसहित न्यायधिशहरु हरिकृष्ण कार्की, ईश्वरीप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले प्रहरी महानिरीक्षकमा बढुवा भएका चन्दको नियुक्ति खारेज गरेको हो ।