काठमाडौं, ६ चैत । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कि चुनाव गराउ, कि राजीनामा देउ भनेको विषय प्रधानमन्त्रीको किचेन क्याविनेटमा बहसको विषय भएको छ ।
माधवकुमार नेपालले सुर्खेत पुगेर फागुन ५ गते एमाले सभालाई सम्बोधन गर्दैे निर्वाचनसँग खेलबाड नगर्न चेतावनी दिएका थिए । चुनाव नगराउने भए कुर्सी छाड्न चेतावनी दिएका हुन् ।
यही दिन यता राजधानीमा प्रधानमन्त्रीका सल्लाहकार चक्रपाणी खनालले निर्वाचन रोक्न परे रोक्न सकिन्छ, सहमति हुनुपर्छ भन्ने धारणा व्यक्त गर्दै थिए । न्यूज अभियानबाट