काठमाडौं, ६ चैत । नेपाल–चीन कोरला नाकालाई दीर्घकालीन रूपमा सुचारु गर्नुअघि नेपालले त्यसक्षेत्र नजिकै नेपाली सेना र सशस्त्र प्रहरी वल (एपीएफ) को स्थायी क्याम्प स्थापना गर्ने भएको छ ।
सशस्त्र प्रहरीले भने ब्यारेक स्थापनासम्बन्धी प्रस्ताव आइनसकेको बताएको छ । ‘मन्त्रालयमा छलफलका क्रममा होला, हामीलाई यस विषयमा जानकारी आइसकेको छैन’, सशस्त्र प्रहरी सीमा सुरक्षा विभागका एआइजी प्रकाश ओझाले भने, ‘यद्यपि त्यस क्षेत्रको सुरक्षा संवेदनशीलताप्रति हामी गम्भीर छौं ।’
त्यस क्षेत्रमा एक हजार ४ सय ३९ किलोमिटर त्रभित्र दुवै मुलुकका नागरिक परिचयपत्र देखाएर ३० किलोमिटर वारपार गर्न पाउने सन्धीसम्झौतामा उल्लेख छ । तर स्वतन्त्र तिब्बतका नाममा हुने सम्भावित गतिविधि नियन्त्रणमा चालिएका कदमप्रति चीनले आश्वस्त नहुँदा उक्त सुविधाबाट नेपाली पक्ष यो सुविधा उपभोग गर्न पाएका छैनन् ।