रुकुम, ५ चैत । नेपाल पर्यटन पत्रकार संघ रूकुम शाखाको प्रथम अधिवेशनले मैत्या घर्तिमगरको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचा) को प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनमा सहभागी बक्ताहरूले पर्यटन विकासका लागि पत्रकारहरूको अहम भूमिका निर्वाह गर्न सुझाएका थिए। संयोजक मैत्या घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रम संचाल भुपाल बुढा र स्वागत नवराज केसीले गरेका थिए ।