बाँके, ४ चैत । अवैध भारतीय र नेपाली नोटसहित अञ्चल प्रहरी कार्यालय भेरीले चारजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बाँके कट्कुइया–५ का अहमद अन्सारी, कट्कुइया–४ का नोर महमद खाँ र नेपालगन्ज–१ धम्बोजीका राजेश कुम्हार रहेको अञ्चल प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिहर खड्काले जानकारी दिनुभयो । बरामद गरिएको रकमको स्रोत नखुलेकाले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । रासस