चैत २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ナप्रचण्डᅳसँग श्रीलंकाका सेना प्रमुख क्रिसान्थे डि सिल्भाले शिष्टाचार भेट गर्नुभएको छ ।बुधबार दिउसो बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र श्री लंकाबीच विगत ६० बर्षदेखि सुमधुर सम्बन्ध रहँदै आएको र यसखालका उच्चस्तरका भ्रमणले आपसी सम्बन्धलाई अझ उचाईंमा पुᆬयाउने बिश्वास व्यक्त गर्नु भयो । प्रधानमन्त्रीले श्री लंकाबाट नेपालले पाएको न्यानो सदभावप्रति आभार व्यक्त गर्नु भयो ।
भेटका अवसरमा श्रीलंकाका सेनापतिले नेपाल बुद्धको जन्मभुमि भएकाले श्रीलंकाका धेरै जनता यहाँ आउन अति उत्सुक रहेको बताउँदै आफूले पहिलो पटक सुन्दर देश नेपालको भ्रमण गर्ने अवसर पाएकोमा आभार प्रकट गर्नु भयो ।