काठमाडौं, २ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी मोर्चाका नेताहरुलाई आपसी छलफल र सहमतिका साथ राजनीतिक मुद्धाहरुको सम्बोधनका लागि जुट्न आग्रह गरे । आन्दोलनरत मधेशी मोर्चासंग सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले तत्कालका लागि सिमांकन बाहेकका विषयमा संविधान संसोधन गरी स्थानीय तहको निर्वाचनमा जुट्न मधेशी मोर्चालाई आग्रह गरेका थिए ।
छलफलका क्रममा मधेशी मोर्चाका नेताहरुले मोर्चाको बैठक बसेर प्रधानमन्त्रीको प्रस्तावका विषयमा छलफल गरी औपाचारिक जवाफ दिने बताएका थिए ।