दीपक के.सी.
चन्द्रौटा,२ चैत्र । आज १ गते सरकारले सुर्तिजन्य पदार्थको विक्रि वितरणको लागि नयाँ अनुमति लिएका निश्चित व्यापारीहरुलाई मात्र बेचविखन गर्ने र लाइसेन्स नभएकाहरुले विक्रि वितरण गर्न आजबाट नपाउने नियम लागु गरेको भए पनि कपिलवस्तुका पसलहरुमा भने खासै परिर्वतन देखिएन । हिजोका दिनमा पान पसल,चिया पसल,किराना पसल,होटल लगायतका विभिन्न ठाँउमा जसरी खुलेआम सुर्तिजन्य पदार्थ बेच्ने गरिन्थ्यो आज पनि कुनै परिर्वतन भएको छैन ।
चैत्र १ गतेको नियम लागु भएको पहिलो दिन भएकोले के कतिले नयाँ अनुमति लिए भन्ने डाटा उपलब्ध नभएको र अनुगमन पनि नगरिएको सुर्ति जन्य पदार्थ अनुगमन जिल्ला संयोजक रामेश्वर अर्यालले बताउनु भयो । अब छिटै बजार अनुमगन गरिने र नियमलाई पालन नगर्ने अनुमति विना नै सुर्ति जन्य पदार्थको विक्रि वितरण गर्ने व्यापारीहरुलाई कारवाहि गरिने अर्यालले बताउनु भयो ।