कुसुम वि.क.
बर्दिया । विभिन्न वाधा र अवरोधका विच नेकपा एमालेको मेचि महाकाली अभियान अन्तर्गत आज मगलवार बाके र बर्दियामा जनसभा सम्पन्न भएको छ ।
बाकेमा भएको जन सभालाइ सम्वोधन गर्दे नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले राष्ट्रनिर्माण अभियानमा रहेको नेकपा एमालेलाइ कालो झन्डाले केहि फरक नपर्ने बताउनु भयो । पुर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले नेपालेले जनताको पक्षमा काम गरिरहेको र स्थानिय तहमा एमालेको राम्रो नतिजा आउने देखे पछि अन्य राजनितिक दललाइ डाहा भएको बताउदै आफुलाइ कालो झन्डा देखाएपनि त्यसको कुनै अर्थ नलाग्ने बताउनु भयो ।
यसै विच नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाले बर्दियाको गुलरियामा आयोजित जनसभालाइ सम्वोधन गर्दे अहिलेको सरकारले चुुनाव गराउन नचाहेको बताउदै चुनावबाटै केहि दलहरु बढारिने भन्दै आफनो कार्यक्रमलाइ अवरोध पार्ने कोसीस गरेको आरोप लगाउनु भयो ।
यस अघि बर्दिया आउदै गर्दा नेकपा एमालेका नेताहरुलाइ स्थानिय वजारमा मधेसी मोर्चाका कार्यकर्ताले कालो झन्डा देखाएका थिए । बर्दियाको जन सभालाइ अध्यक्ष ओलीले सम्वोधन गर्ने कार्यक्रम भएपनि अन्तिम अवस्थामा आएर अनुपस्थित भएपछि कार्यकर्ताहरुमा केहि निरासा पन छाएको थियो । जिल्ला विभिन्न स्थानबाट सदरमुकाम जन सभामा आउने वसलाइ प्रहरीले स्कटिङ गरी सदरमुकाम गुलरिया ल्याएको थियो । नेकपा एमालेको जन सभालाइ लक्षित गरेर मधेसी मोर्चाले आज बाके र बर्दिया बन्द गराएको थियो ।