माधव बेल्वासे
कपिलवस्तु , १ चैत्र । नेकपा एमालेको मेची–काली राष्ट्रिय अभियानका क्रममा सोमवमर कपिलवस्तुको जीतपुरमा आमसभा गरिएको छ । जीतपुरको वुङचि स्थित सिद्धार्थ क्यामपसको प्रङगणमा भएको कार्यक्रममा नेकपा एमाले बरिष्ठ नेता हरुले सम्वोधन गरेका थिए ।नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिको भने विशेष कारणवंश उपस्थिति गराउन नसकेको कारण नेकपा एमाले ले माफि मागेको छ ।
यो अभियान नेकपा एमालेको मात्र नभई सिंगो राष्ट्रको अभियान भएकाले आमजनताले उत्साहजनक सहभागिता रहेका बताए ।यस्तै केन्द्रीय कमिटीका सचिव गोकर्ण विष्टले राष्ट्रिय एकता, सद्भाव र समृद्धिका पक्षमा रहेका कारण सबै जातजाति, भाषा र संस्कृतिका जनतालाई जोड्ने पुलका रुपमा रहेको चर्चा गरे । हिमाल पहाड र तराईका जनताहरु विचमा एकताले पारस्पाकिर सवन्धले हाम्रो नेपाल सवल हुनेमा जोड दिए ।
केन्द्रीय सदस्य तथा सांसद लालबाबु यादवले एमालेलाई मधेसविरोधी भनेर आरोप लगाउनेहरुले इतिहासको अध्ययन नै नगरेको बताए ।नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलको अध्यक्षता र सांसद विश्रामप्रसाद चौधरीको सञ्चालनमा सभा सम्पन्न भएको थियो ।कार्यक्रममा कांग्रेस, माओवादी पार्टी छाडेर एमाले प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।
मधेशि गठवन्दनले भने आजै अभियान को विरोधमा कपिलवस्तु वन्दको आवहन गरेको थियो । जिल्लाको चन्द्रौटामा मधेशि दलका नेता कार्यक्रताले दिनै भरि कालो भण्डा देखाई विरोध गरेका थिए । अर्का सम्वोधन दाङको लमहीमा आयोजना हुने एमालेले जनाएको छ ।