केशरमान बिसी
दाङ २९ फाल्गुन , बर्षौं देखि भोगचलन गर्दै आएको सरकारी अस्पतालको जग्गा आइएनएफ नामक गैर सरकारी संस्थाले आज एक कार्यक्रम गरि फिर्ता गरेकोछ । दाङ घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालको जग्गामा गैरसरकारी संस्था आईएनएफ दाङ शाखाले बिगत ४४ वर्ष यता कब्जा जमाउदै आएको थियो ।
तीन सय शैयाको उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेपछि अस्पताल रहेको स्थान साघुरो भएको महसुस गरि अस्पताल विकास समीतीले गत साउन १७ गते बैठक बसी अस्पतालको सेवासुविधा विस्तार एवं प्रशासनीक भवनको व्यवस्थापनका लागी उक्त कब्जा जग्गा फिर्ता गराउन पहल गर्ने निर्णय गरेको थियो ।
जग्गा फिर्ता संगै अस्पताल लाइ दैनिक कामकाज संचालनमा सहज हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जनार्दन पन्थीले बताउदै सकुसल तथा सौहार्दपूर्ण बाताबरणमा भवन सहित जग्गा खाली गरेकोमा आइएन एफ दाङ लाइ धन्यवाद दिए ।
हेर्नुहोस पहिले प्रकाशन भएको समाचार
http://indrenionline.com/2016/10/18/16643/