कञ्चनपुर, २९ फागुन । कञ्चनपुरमा भारतीय सीमा सुरक्ष वल (एसएसबी) को गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको आज आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिँदैछ ।
यसअघि मृतकका आफन्तले सरकारले शहीद घोषणा र राहत स्वरुप १० लाख दिने निर्णयको लिखित प्रमाण माग गरेपछि शनिबार प्रक्रिया पूरा गरेर आइतबार अन्तेष्टि गर्न लागिएको हो । गौतमको अन्त्येष्टि नहुँदासम्मका लागि आनन्दबजार लगायत ५ सय मिटर आसपासको क्षेत्रलाई निषेधीत क्षेत्र घोषणा गरिएको छ ।