काठमाडौ २९ फागुन । आज फागूपूर्णिमा अर्थात रङको पर्व होली । काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा होली पर्व बनाइदैछ । रङको पर्वको रुपमा मानिने यो पर्वमा एक अर्कामा अविर लगाउदै शुभकामना आदानप्रदान गरिन्छ । यो पर्वलाई सम्बन्ध गाढा बनाउने पर्वको रुपमा पनि लिइन्छ ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।