काठमाडौं २७ फागुन । करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना सरकारले आजैदेखि भंग भएको घोषणा गरेको छ । स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरे।
२०४७ सालसम्म गाउँ पञ्चायत भनिएका स्थानीय संरचनाहरु २०४७ सालको संविधानपछि गाउँ विकास समितिमा रुपान्तरण भएका थिए । अब गाउँ विकास समितिहरु गाभिएर गाउँपालिका बनेका छन् । गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ ।