जाजरकोट, २७ फागुन । जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । खलंगाबाट खाराका लागि छुटेको ना ३ खा २२७९ नम्बरको बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा घुम्तीबाट खसेको हो ।
घटनास्थलमा १५ जना र उपचारका क्रममा ११ जनाको ज्यान गएको जिल्ला अस्पताल जाजरकोटका अहेब रामप्रसाद शर्माले जानकारी दिए । ज्यान गुमाउने मध्ये २१ जनाको सनाखत भएको छ ।