एजेन्सी, २५ फागुन । बन्दुकधारीहरुले अफगानिस्तानको एक अस्पतालमा आक्रमण गर्दा ३० व्यक्तिको मृत्यु भएको जनाइएको छ। समाचार संस्था एसोसियट प्रेसले रक्षा मन्त्रालयका एक प्रवक्ता जनरल दौलत वजिरीलाई उधृत गर्दै सो आक्रमणमा अन्य ५० जना घाइते भएको जनाएको छ।
सबै हतियारधारी सुरक्षाकर्मीद्वारा मारिएपछि आक्रमण अन्त्य भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ। आतंककारी संगठन इस्लामिक स्टेटले सो आक्रमणको जिम्मेवारी लिएको छ। एजेन्सी