काठमाडौं, २६ फागुन । पछिल्लो समयमा कलाकारहरु प्रत्यक्ष राजनीतिमा छिर्ने लर्को चलेको छ । केही समय पहिले लोक गायीका कोमल ओली र रेखा थापा राप्रपामा छिरिन ।
यसैक्रममा हास्यद्धय कलाकार सुरविर पण्डित ‘दारी बुढा’ र सुरेन्द्र केसी ‘मुलासाग’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
केन्द्रमा प्रवेश गर्दै पण्डितले देश परिवर्तन माओवादी केन्द्र र अध्यक्ष प्रचण्डले मात्रै गर्न सक्ने धारणा राखे । त्यस्तै अर्का नवप्रशिका कलाकार केसीले यो देशलाई निकास दिने पार्टी माओवादी बताए ।
दारी बुढाको सम्बोधन
https://www.youtube.com/watch?v=T-73oJP7ONk