Indrenionline.com

पर्यटन पत्रकार संघ जिल्ला अधिवेशन चैत्रमा

नेपाल पर्यटन पत्रकार संघका स्थगित भएका जिल्ला अधिवेशन चैत्रको पहिलो साता हुने भएको छ्, संघको नयाँ कार्यतालिका अनुसार यस अघि स्थगित भएका सुर्खेत, जाजरकोट र रुकुमको अधिवेशन चैत्र २,३ र ४ गते हुने भएको छ । संघको केन्द्रीय सचिवालयले दिएको जानकारी अनुसार आगामी चैत्र २ गते सुर्खेतको सदरमुकाम विरेन्द्र नगर, चैत्र ३ गते जाजरकोटको खलंगामा र रुकुमको चैत्र ४ गते मुसिकोट हुने भएको छ ।

फाल्गुन १६,१७ र १८ गते आयोजना गर्ने भनिएपनि पत्रकार महासंघको निर्वाचनका कारण स्थगित भएका अधिवेशन संघले चैत्रमा गर्न थालेको हो । जिल्ला अधिवेशन सम्पन्न गर्न संघले सुर्खेतमा सविता जिसी, जाजरकोटमा सुरेन्द्र सिहँ र रुकुमको लागि मैत्या घर्तीमगरलाई जिल्ला संयोजकको जिम्मेवारी यसअघि नै दिइसकेको छ । जिल्ला संयोजकहरुले केन्द्रको तालिका अनुसार अधिवेशनको सबै तयारी पुरा भैसकेकोले सम्बन्धित सबैलाई अधिवेशन सफल बनाउन समेत अनुरोध गरेका छन् ।