काठमाडौं, २५ फागुन। सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्रीले अहिले मधेशमा आन्दोलनका कारण केही असहज अवस्था सिर्जना भएको भन्दै एमालेलाई मेची महाकाली अभियान केही दिन स्थगित गरेर राष्ट्रिय समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्नुभयो ।
बैठकमा एमालेका नेताहरुले आफ्नो पार्टीका कार्यक्रममा शान्ति सुरक्षाको सुनिश्चितता गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्री बिमलेन्द्र निधि, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।