काठमाडौँ, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले १०७औँ अन्तर्राष्ट्रिय महिला दिवसमा अवसरमा दिनुभएको शुभकामना सन्देशमा महिला सशक्तीकरणका माध्यमबाट लैङ्गिक समानता एवम् महिलाहरूको हक अधिकार सुनिश्चिततामा जोड दिनुभएको छ ।
राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘‘नेपालको संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको छ भने आवधिक योजना तथा कार्यक्रमहरूमा समेत महिला सशक्तीकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका साथ नीतिगत प्रावधान, संस्थागत व्यवस्था गरी कार्यक्रमहरूको थालनीबाट समग्र महिलाहरूको अवस्थामा केही सुधार भएको अवस्था छ । गोखापत्रमा खबर छ । ’’राष्ट्रपतिले यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार, समानता, सशक्तीकरण तथा महिला मानव अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ ।