काठमाडौं, २४ फागुन । नेकपा एमालेले सप्तरी कोलीकाण्डको जिम्मा मधेसी मार्चाले नै लिनुपर्ने बताएका छ ।
पत्रकार सम्मेलनपछि एमाले महासचिव ईश्वर पोखरेलले एमालेले निकालेको विज्ञप्तिमा शान्तिपूर्ण अभियान बिथोल्न धम्की दिने, नेता–कार्यकर्तामाथि आक्रमण गर्ने र जिल्ला खालि गर्न उर्दी जारी गर्ने, कालोमोसो दल्ने, सवारीसाधन तोडफोड गर्ने, विस्फोटक पदार्थ राख्ने जस्ता काम लोकतन्त्र विपरित हुने भन्दै देशभरि शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सरकारसँग माग पनि गरिएको छ । एमालेका शिर्ष नेताहरुलाई लक्षित गर्दै मोर्चा सम्बद्ध व्यक्तिहरुले वम प्रहार समेत गरेको एमालेले बताएको छ ।