काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमार्फत् संविधान कार्यान्यवन गर्ने राष्ट्रिय दायित्वका लागि जिम्मेवार भएर प्रस्तुत हुन दलहरुलाई आग्रह गरे ।
सप्तरीमा भएको घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘आदिबासी जनजाति, मधेशी, महिला, थारु लगायतका उत्पीडित समुदायका अधिकारलाई संविधानमा संस्थागत गर्न सरकार तत्पर छ । राजनीतिक दलहरुको सहकार्य र एकतामार्फत् नै जनताका अधिकार हासिल गर्न सकिन्छ । हिजो सप्तरीमा भएको घोषणाले सरकारलाई दुखी बनाएको छ । मधेशी मोर्चासँग कुराकानी गर्दैछु, आज नै मन्त्रीपरिषदको बैठक बोलाएको छु । मृतकका परिवारलाई राहत, घाइतेहरुको उपचारको व्यवस्था र भविष्यमा त्यस्ता अप्रिय घटना हुन नदिन सरकारले आवश्यक निर्णय गर्नेछ ।’