राजविराज, २३ फागुन । नेकपा एमाले ले मेची महाकालि अभियानअन्र्तगत राजविराजमा गर्न लागेको आमसभा स्थल नजिकै शंकास्पत वस्तु भेटिएपछि एमालेले रुट परिवर्तन गरेको छ ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। बम निस्क्रिय पार्न सेनाको टोली सो स्थानमा पुगेको छ। एमालेको मेची—महाकाली अभियान बिथोल्न मधेसी मोर्चा प्रयास गर्दै आइरहेको सन्दर्भमा सो कुकर बम फेला परेको हो।
मेची—महाकाली अभियान अन्तर्गत एमाले नेताहरु दिउँसो सप्तरीको औद्योगिक क्षेत्रमा हुने आमसभामा सहभागी हुन सप्तरी जादैछन्। सप्तरी प्रहरीका प्रवक्ता डिएसपी दानबहादुर कार्कीले कलभर्ट तल रातो कपडाले बेरिएको अवस्था शंकास्पद बस्तु फेला परेको बताए।
नेता आउने बाटोमा कुकर बम भेटिएपछि सुरक्षाकर्मीले सो बाटोमा सवारी साधन आवतजावत बन्द गरिदिएका छन्। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन्।