रेखा मगर
दाङ, १९ जेठ
जिल्ला प्रहरी कार्यालय दाङले जनतालाइ शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन भन्दै विशेष अभियान शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रकाशराज शर्माको कमाण्डमा शुरु गरिएको अभिायन अहिले नगर क्षेत्रमा केन्द्रित रहेको छ ।
जिल्लाको सुरक्षा व्यवस्थालाई त्रुटिरहित, भरपर्दो, विश्वसनीय र मजबुत बनाई जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन यहि १७ गतेदेखि यो अभियान शुरु गरिएको प्रवक्ता शर्माले वताउनुभयो ।
ट्राफिक चेकिङ अन्तर्गत सवारी चेकजाँच, मापसे चेकजाँच, अवैध सवारी साधन नियन्त्रणमा लिने काम भइरहेको छ भने चोरीका घटना हुन नदिन नगर क्षेत्रमा युनिफर्मसहितको प्रहरी, सादा पोशाकका प्रहरी, पैदलगस्ती, मोटरसाइकल र गाडीमा प्रहरीले गस्ती गर्दै आएको उहाँले जानकारी दिनुभयो ।।