फागुन १९, काठमाडौं । सत्तारुढ दल र मधेशी मोर्चा बीचको बैठक बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्तावका विषयमा कुराकानी भएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार, तराई मधेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादी फोरमका नेता अशोक राई, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, अनिल कुमार झा, राजेन्द्र श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।