काठमाडौं, १८ फागुन । लामो विवादपछि नेपाली कांग्रेस अन्ततः टुक्रिएको छ । ४० वर्षसम्म नेपाली काँग्रेसका कोषाध्यक्ष रहेका काँग्रेसका सँस्थापक नेता रामबाबु प्रसाँईको नेतृत्वमा ‘नेपाली काँग्रेस राष्ट्रवादी’ गठन भएको छ ।
नेपालको संबिधान २०७२ ले देशलाई दलको दास बनाउन खोजेको भन्दै संबिधानको पद्धतिमा राज्य प्रमुख दलहरुको निकटमा निर्वाचन पद्धतिबाट आउने भएकाले राज्य प्रमुखको निर्वाचनको माध्यमबाट नेपालमा विदेशी शक्ति र तत्वहरुले खेल्न खेल्न खोजेको आरोप नवगठित नेपाली काँग्रेस राष्ट्रवादीका नेताहरुले आरोप लगाएका छन् ।