दोलखा,१८ जेठ । दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ । दाहालको आज बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । खुकुरी प्रहारबाट दाहालकी श्रीमती सीता दाहाल पनि गम्भीर घाइते हुनुभएको प्रहरीले बताएको छ ।
बढ्दैछ नेपालमा अपराध , खुकुरी प्रहार गरी दाहालको हत्या
