चेतन रेग्मी
तुलसीपुर १६ फागुन । तुलसीपुर २० बेलगनार नीवासी बुद्धीराम चौधरीले क्यान्सर बाट पिडीत जीवन संगीनीको उपचारकालागी आर्थीक सहयोग गरीदीन सबैमा सहयोगको याचना गर्नुभएको छ । ४४ बर्सीय जीवन संगीनी सुन्तली चौधरीको सुगर बिग्रीयर आखामा क्यान्सर भएको चौधरीले बताउनुभयो ।
क्यान्सर भइ आखा र नाकबाट पिप बगीरहेको छ । रोग लागेको १० बर्ष भयो उपचार गर्दागर्दै पैसा पनी सकीयो जग्गा पनी सकीयो । अैलानीमा बसेको छु । यहाबाट पनी कसैले हटाउछकी भन्ने डर छ । चौधरीले रुदै भन्नुभयो । रीण मागेर उपचार गरीयो ब्याज दिउला भनेको थीए सावा नै कसरी तीर्ने हो ।
फीस तीर्न नसकेपछी स्थानीय बिध्यालएले निकाली दिएपछी दुइ छोरा एक छोरी ३ सन्तानका बाबु बुद्धीरामलाइ पर्नु पीर परेको छ । एतीमात्रै नभएर कान्छो छोरा संजयको एकाएक घाटी चल्न छोडेपछी उहालाइ ठुलो बज्रपात परेको छ । १३ बर्षय छोराको घाटीमा डबल नसा रहेको र अप्रेसन गर्न १ लाख लाग्ने उहाले बताउनुभयो । दैव पनी कती नीस्टुरी रहेछ बाबु सबै मै माथी पर्ने छोराको छीटो उपचार गर भनेर डक्टर सबले भन्नुहुन्छ म के गरु । चौधरीले मोबाइल नंबर ९८४७८३६६८१मा सम्र्पक गरी आफुलाइ सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ ।