खोटाङ, १६ फागुन । मुहुरेगढी गाउँपालिका हटाएर लामीडाँडा बनाएको विरोधमा स्थानीयले फेरि मध्यपहाडी लोकमार्ग बन्द गरेका छन् ।
यसअघि पुस २३ गतेदेखि माघ १८ गतेसम्म सडक बन्द गरेको सङ्घर्ष समितिले आइतबार बिहानदेखि नुनथलाको महुरेमा सडकमै टायर बालेर सडक बन्द गरेको छ ।
स्थानीय तह पुःनर्संरचनाको अन्तिम टुंगो लगाउन लागिएका बेलामा महुरेगढी गाउँपालिकालाई कायम गर्नका लागि दबाब दिन सडक बन्द गरिएको सङ्घर्ष समितिका सह–संयोजक दिनेश राईले बताए ।
सडक बन्दका कारण सदरमुकाम दिक्तेलबाट राजधानी काठ्माण्डौं, कटारी र गाईघाटका लागि छुट्ने यात्रु तथा मालबाहक सवारी साधन छुट्न सकेका छैनन् । कारोवारमा खवर छ । राजधानी लगायतका सहर आवतजावत गर्ने एक मात्र सडक दिक्तेल–जयराम सडक बन्द भएपछि यात्रु पैदल यात्रा गर्न बाध्य बनेका छन् ।