काठमाडौं, १५फागुन । चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजना अन्तर्गतको ओबिओआर अन्तराष्ट्रिय प्लेट फर्मको ४१ सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ ।
उक्त अवसरमा प्रतिनिधि मण्डलले दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाललाई चीनले धेरै महत्व दिएको बताउँदै नेपालको पूर्वाधार निर्माण, उर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा सघाउन आफूहरु इच्छुक रहेको बताएको थियो ।