गुल्मी, १५ फागुन । ७३ वर्षीय बृद्ध एक २२ वर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गुल्मी बिशुखर्कका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित युवतीको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । आरोपित वृद्धलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।