माधव वेल्वासे
कपिलवस्तु १५ फाल्गुन । पछिल्लो समयमा नेपाली युवतिहरु वैदेशिक रोजगारिको लोभले वेचिन पुगेका छन । नेपालमा चेलिवेटी वेचविखन विरुद्ध रहेका केहि सस्थाहरु भने चेलिवेटी रोकथामको लागि क्रियासिल रहेको देखिएको छ ।कपिलवस्तुको कृष्णनगर नाका भई सयौ युवति हरु वेचिने गरेकोले यस ठाउमा रहेको के. आई नेपाल शाखा कार्यलय कृष्णनगरले पछिल्लो समयमा युवतिको उद्धार गर्न सफल भएको छ ।
त्यस्तै दाङ्ग घर हुने रुपा नाम परिबर्तन श्रीमान बाट छुट्टिनु पर्ने बाध्यता र धेरै छोरा छोरी भएको कारण रात दिन रोएर दिन काट्न बाध्य थिइन घरमा चरम गरिबि र अभाब पछि रोजगार गर्ने हेतुले फोनमा चिनजान भएको एक पुरुष संग भारत जादै गर्दा उद्धार गरिएको हो ।उद्धार गरिएकि ती महिला हाल के.आइृ नेपालले आत्मा निर्भर गराउने उदेश्यले चितवन सेफ होम बिभिन्न तालिम दिनका लागी रिफर गरेको छ भने अर्कि कपिलबस्तु पत्थरदइया बस्ने सिता नाम परिबर्तन आफुलाई एजेन्ट बताउने पुरुष मार्फत भारत हुदै दुबै जाने योजनामा कृष्णनगरबाट उद्धार भएकी छन उद्धार पछि युजतिले श्रीमानले अर्को ल्याएको र घरको आर्थिक अबस्था कमजोर भएको कारण जान लागेको बयानमा उल्लेख गरेकि छन
युवति साथमा लिएर आउने ब्याक्ति अलग रुपमा बोर्डर पार भएको हुदा एजेन्टलाई नाम समेत थाहा नभएको कारण र मोबाईल स्वृच अफ गरेको हुदा नियन्त्रणमा लिन कठिन भएको र नेपाल प्रहरि लिंगेट र के.आई नेपालले कडा रुपमा बेलुका सम्म खोजी कार्य तिब्र बनाएको थियो ।
पछिल्लो समय कृष्णनगरको बाटो आउने चेलीहरु कोहि बाबु आमा नभएका त कोहि श्रीमानले अर्को बिबहा गरेकाको संख्या बढि भएको के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताए ।
बिशकर्माका अनुसार उद्धार गरिएका चेली मध्ये ३ जनालाई बिभिन्न सिप सिकाई आत्मा निर्भर गराउनका लागी चितवन सेफ होम पठाएको जानकारि दिए ।