माधव वेल्वासे
कपिलवस्तु १५ फाल्गुन । कपिलवस्तुको पश्चिमि क्षेत्र तथा सिमाना धानखोला वाट करिव २ घण्टाको उकालो हिडे पछि शिवगढि मन्दिर पुग्न सकिन्छ ।ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल शिवगढि मन्दिरमा शिवरात्रिको समयमा ५ दिन मेला लाग्ने गर्दछ ।मन्दिरको दर्शन गर्न करिव हजारौ दर्शकआर्थिहरुले पुजा गर्ने गर्दछन ।
मन्दिरकोे विकास र व्यावस्थापन हुन नसक्दा अन्य दर्शन गर्नेहरुलाई हिडन गाह्रो हुने गर्दछ । मुख्य यस मन्दिर शिवरात्रिको समयम मात्र दर्शन गर्ने भक्तजनहरु पुग्ने गर्दछन । अन्य समयमा हिडन निकै गाह्रो हुृने भएकाले मन्दिरको दर्शन गर्नहरु कमि हुने स्थानिय शिक्षक सुनिल पुनले वताए । शिवरात्रिको समयमा यस मन्दिरमा दर्शन गर्नेहरु अत्यान्तै भिड रहने गर्दछ ।
मन्दिर सम्म पुग्न वाटोको व्यावस्था गर्नुपर्ने भक्तजन हरु भनाई रहेको छ । मन्दिर सम्म पुग्न लामो समय लाग्ने भएकोले खानेपानिको व्यावस्था नरहेकोले खानेपानिको व्यावस्था हुनुपर्ने भनाई रहेको छ ।व्यापार संघ कपिलवस्तुले पछिल्लो समय शिवगढि मन्दिरमा केवलकार को बारेमा केहि पहल गरको छ।यस मन्दिर वाट अर्घाखाँचिका केहि गाविस ,राप्ति नदि , दाङ जिल्ला र कपिलवस्तुका घना जङगल , फँटका साथै भारतका केहि स्थान समेत दृश्यावलोकन गर्न सकिन्छ ।