Indrenionline.com

महोत्तरीमा शिव मन्दिरका साधु मारिए

महोत्तरी, १४ फागुन । महोत्तरीमा एक जना साधुको हत्या भएको छ। बर्दिबास–५ स्थित राइमण्डल इन्देश्वर महादेव मन्दिरमा आज शनिबार बिहान बर्दिबास नगरपालिका–४ गौरीडाँडाका ७९ वर्षीय बाबा रामजी शाहीको हत्या भएको प्रहरीले जनाएको छ ।

शिवरात्रिको अवसरमा एक साता पहिलेदेखि मन्दिरमा मेला लगाउन शिवपुरनको आयोजना गरिएको थियो। मन्दिरभन्दा ५० मिटर पश्चिममा पिसाब फेरिरहेका बेला पछाडिबाट बाँसको चिरपट्टले टाउँकोमा हिर्काएर साधुको हत्या भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशंकामा बर्दिबास नगरपालिका–५ पाटुका २८ वर्षीय हर्कबहादुर माझीलाई प्रहरीले अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको छ ।