बाँके, १४ फागुन । नेपाल–भारत सीमा नाका आजबाट तीन दिनसम्मका लागि बन्द भएका छनु । भारतको उत्तर प्रदेशमा फागुन १६ गते हुन लागेको विधान सभा २०१७ लाई मध्यनजर गरी नेपाल–भारत सीमा नाका बन्द गरिएको हो ।
उक्त अवधिमा सवारी साधन तथा ढुवानीका साधन संचालनमा नल्याउन प्रशासनले आग्रह गरेको छ । एम्बुलेन्सलगायत अत्यावश्यक सामग्री ढुवानीका लागि दुवै देशका अधिकारीको रोहवरमा गर्न सकिने छन् ।