काठमाडौं, ९ फागुन । राप्रपाको नयाँ कार्यसमितिका लागि आज सोमबार मतदान हुँदैछ । उम्मेद्वारको नाममा दावी विरोध तथा नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने काम बाँकी नै रहेको तथा उम्म्द्वारको नाम र क्रमांक मिलाउन बाँकी नै रहेकाले सोमाबार दिउँसो पनि अबेरपछि मात्र मतदान सुरुरु हुने निर्वाचन समितिले जनाएको छ ।
यसैबिच उम्मेद्वारको क्रमांकका लागि भने गोलाप्रथा गरिने भएको छ । जुन उम्मेद्वारले जति नम्बरको गोला तान्छ उसको नाम त्यति नै नम्बरमा रहने प्रवक्ता राजाराम श्रेष्ठले बताए ।