डडेल्धुरा, ९ फागुन । डडेल्धुरामा खानेपानी विवादमा खुकुरी प्रहार हुँदा एकजनाको ज्यान गएको छ । खानेपानीको विषमा समान्य विवादमा खुकुरी प्रहार हुँदा कोटेली गाविस १ का ३७ वर्षिय शेरबहादुर साउदको ज्यान गएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि सदरमुकामको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको ज्यान गएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने भूललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।