काठमाडौं, ८ फागुन । आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन् । कामदार युवतीले पसल साहुलाई काठमाडांको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक होटलमा पु¥याएर फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ ।
अपहरण गरी फिरौती असुल्ने ती युवती सहयोगीसहित फरार भएका थिए । राजधानीमा खबर छ । सात महिनाअघि जागिर खोज्दै आएकी ती युवतीले ‘जरुरी काम प¥यो’ भन्दै सुन्धारा बोलाएपछि अग्रवाल न्युरोडबाट सनराइज गेस्ट हाउसमा पुगेका थिए । महिलासहित उनीहरूले त्यही होटलमै ६ घण्टा बन्धक बनाएर अग्रवालको साथमा रहेको ७२ हजार नगद र चेकमार्फत ८ लाख फिरौती लिएर होटलमै छाडेर भागेका रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक ९एसपी० प्रकाशजंग कार्कीले राजधानीसँग भने ।