रोल्पा, ५ फागुन । राजधानीमा आठौं महाधिवेशनको उद्घाटन गरेको विप्लव नेतृत्वको (नेकपा माओवादी) बन्दसत्र रोल्पाको थबाङमा आजदेखि शुरु भएको छ ।
महासचिवको प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधानका लागि समूह विभाजन गर्ने, शनिबार विधानमाथि छलफल तथा पारित हुने र यसैगरी पार्टीको नयाँ नेतृत्व चयन गरी १० गते महाधिवेशन सक्ने प्रकान्तले बताए । बन्दसत्रमा पार्टीका पोलिटब्यूरो सदस्यहरु, केन्द्रीय सदस्यहरु लगायत देशभरबाट आ सय प्रतिनिधिको सहभागीता छ ।