संजय कुशवाहा
नवलपरासी, ५ फागुन । नवलपरासीको कुडिया गाउँ विकास समिति वडा नं.६ महलबारीमा मदार बाबा मेला आजदेखि शुरू भएको छ ।
मुस्लिम समुदायको आस्थाको केन्द्र बिन्दु बनेको मदार बाबा मेला मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदार बाबा मेला धार्मिक स्थल बनेको छ ।
बाबाको मुख्य मजारमा पुगनको लागि महलबारी देखि ९ किलोमिटर टाढा पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरि बाबाको मुख्य स्थल सम्म पुगने गरिन्छ ।मदार मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संगम रहने गर्दछ ।
हिन्दु र मुस्लिम मजार सम्म पुगेपछि घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने विश्वास गरिएको छ । यो मेला फागुन १४ गते सम्म संचालन रहने छ । सो मदार मेलामा भारत ,विहार र नेपालका विभिन्न ठाउहरूबाट करिब १५ लाख भन्दा बढी भक्तजनहरू आउने अन्सारीले दाबी गरे ।