जाजरकोट, ५ फागुन । मध्यपश्चिमको दुर्गम जिल्ला जाजरकोटमा कुपोषणका कारण एक बालकको ज्यान गएको छ । पजारु गाविस वडा नं. ९ का १४ महिने अनेगत नेपालीको ज्यान गएको हो । कुपोषणका कारण बुधबार बालकको ज्यान गएको पजारु स्वास्थ्य चौकीले जनाएको छ ।
सरकारले मध्य तथा सुदुरपश्चिमका जिल्लामा बालबालिकालाई कुपोषणबाट बचाउन विभिन्न अभियान सञ्चालन गरिएको बताए पनि कुपोषणबाट वर्षेनी बालबालिकोका ज्यान जानेक्रम रोकिएको छैन ।