१७ जेठ हरेक वर्ष जस्तै यस वर्ष पनि रुकुमको पुर्बी हिमाली क्षेत्र पुपाल लेकमा पाईने बहुमुल्य जडिबुटि यार्सा संकलनका गर्न यार्सा सिजन व्यवस्थापन समितिले संकलनकर्ताहरुलाई यार्चा टिप्न खुल्ला गरे पछि यार्सा संकलनको लागी पुपालतिर जानेहरुको संख्या बढेको छ । हरेक वर्षहरुमा जेठको पहिलो साताबाटै यार्चा टिप्न अनुमति दिने गरिए पनि यसपटक आयोजना गरिएको पहिलो पुपाल यार्चा महोत्सबका कारण केहि ढिला गएको थियो । यार्चा सिजन ब्यवस्थापन समितिका सचिब भरतकुमार पुनले खुल्ला गरिएसगै गाउँगाउँबाट यार्सा संकलकहरु त्यस तर्फ लागेको बताए । यहि जेठ ९ गते जिल्लाको रन्मामैकाट स्थित हान्पाडाँडामा यार्सा महोत्सबको आयोजना गरिएको थियो ।
रुकुम सदरमुकाम खलंगाबाट दुले बेसक्याम्पमा पुग्न १ दिनको गाडि र २ दिनको पैदल यात्रा गर्नुपर्छ । त्यस्तै उक्त स्थलबाट यार्सागुम्बा संकलन गर्ने ठाउँ पाटन सम्म पुग्न अझै २ दिनको कष्टपुर्ण पैदल यात्रा गर्नुपर्छ । संकलन स्थलमा दैनिकजसो हिउ पर्ने गरेका कारण चिसोले बृद्धबृद्धा,बालबालिका र महिलाहरु बढी प्रभाबित हुने गरेका छन । यार्चा संकलन खुल्ला गरिएसगै चिसो तथा कष्ठपुर्ण पैदल यात्राको प्रबाह नगरी राम्रो आम्दानी गर्ने उदेश्य सहित यार्सा संकलकहरु त्यस तर्फ लागेका छन ।