काठमाडौं, ४ फागुन । प्रमुख राजनीतिक दलहरुबीच तहको निर्वाचन घोषणा गर्ने अन्यौलता काम रहेपनि सरकारले फागुन ८ गतेभित्रै चुनाव घोषणा गर्ने तयारी थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै जेठ मसान्तसम्म चुनाव गराउने गरी तयारी अगाडी बढाउन निर्वाचन आयोगलाई पत्र पठाइसकेका छन् । प्रतिपक्ष दल र मधेसवादी दलहरुको सहमतिमै चुनावको मिति तय गर्न सरकारले तयारी गरेको छ ।
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले राजनीतिक दलहरुको बीचमा सकारात्मक सकारात्मक छलफल अगाडी बढिरहेकाले अबको कही दिनमै चुनावको घोषणा हुने जानकारी दिइन् ।