फाल्गुण ३, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन बार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
आजको बैठकले चुनढुङ्गा उत्खननका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ । त्यसै गरी बैठकले चितवनको शक्तिखोरलाई औद्योगिक नगरी बनाउने प्रक्रियालाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।